2026-09-19 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सबभन्दा छिटो पाँच सय करोड कमाउने फिल्मसहित यी हुन् ‘जवान’ ले बनाएका १६ रेकर्ड

भदौ २६, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। 

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले पाँच दिनमा घरेलु बक्स अफिसमा ३१६ करोड १६ लाख भारू कमाएको छ भने विश्वभरबाट ५५० करोड भारूबढी कमाएको छ। 

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

यो फिल्मले भारतीय बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ। यी हुन् ‘जवान’ ले बनाएका रेकर्ड-

  • सर्वाधिक अग्रिम टिकट बुक हुने फिल्म
  • पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • शाहरूख खानको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म
  • दीपिका पादुकोणको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म
  • नयनताराको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • विजय सेतुपथीको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • रेर्ड चिल्लीज ब्यानरको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म 
  • निर्देशक एटली कुमारको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • एक दिनमै ७० करोड भारू कमाइ गर्ने पहिलो हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो १ सय करोड कमाउने हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो २ सय करोड कमाउने हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो २ सय ५० करोड कमाउने हिन्दी फिल्म
  • भारतमा पहिलो सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो तीन सय करोड कमाउने हिन्दी फिल्म
  • विश्वभरबाट सबभन्दा छिटो पाँच सय करोड कमाउने फिल्म
  • अमेरिकामा सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्म 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो