११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईको घोषणा

२६ भाद्र २०८०, मंगलवार ०९:५४

भदौ २६, काठमाडौँ | मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले मंसिर ११ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिन्दुराज्य, राजसंस्था, भ्रष्टाचारविरुद्ध, विदेशीएको सम्पति फिर्ता ल्याउने गरी र अहिलेको सत्ताको विरुद आन्दोलन गर्ने घोषणा गरेका हुन् ।


प्रसाईले नेपालबाट कसरी सम्पति बाहिरिएको छ भन्ने प्रमाण आफुसँग भएको र असोजमा उक्त विषय सार्वजनिक गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराए । देशमा आर्थिक मन्दीका कारण व्यवसायी सकिँदै गएको, केही सिमित व्यापारीका कारण व्यापार डुबेर स्यंम व्यापारी नै पलायन भइरहेको र सरकारले यो विषयमा गम्भीर नभएको उनको आरोप छ । ‘नेपालमा राजनीतिकका कारण मनपरी भयो । यहाँ केही मरावाडीले राजनीतिक संरक्षणमा व्यापारमा कब्जा गरे । यो बोल्ने कोही भएन । देशको अवस्थाका बारेमा १० वर्षदेखि एक्लै आवाज उठाउँर्दै आएको छु ।’ उनले भने, ‘मैले उठाएको आवाज अहिलेका राजनीतिक पार्टीले पनि स्वीकारे बहस गर्न थालेका छन् । यो मेरो र देशका लागि ठुलो उपलब्धी पनि हो । जनताले मेरो भनााइलाई र मागलाई अत्मासाग गर्न थालेका छन् । जसका कारण अब परिवर्तनको आन्दोलन हुँदै छ ।’

मैले घोषणा गरेको आन्दोलन देश र जनताका लागि मात्र भएको उनको भनाइ छ। आफनो आन्दोलनमा देशभरबाट बैंक पीडित, व्यापारी पीडित, राज्य र नीजि क्षेत्रबाट हेपिएका जनता सहभागि हुने उनको दाबी छ । अब हुने आन्दोलन विकास, परिवर्तन, शिक्षा, स्वास्थ्य र अन्य महत्वपुर्ण विषयमा हुने उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस्तै, प्रसाईले लघुृवित्त र सहकारीको २० लाखसम्म ऋण मिनाहाका लागि पनि सरकारसँग माग गरेका छन् । हाल लघुवित्त र सहकारीबाट पीडितलाई २० लाखसम्म ऋण मिनाहा गर्दा उनीहरुको समस्याा समाधान हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित