2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘जवान’ को कमाई विश्वभरि ६०० करोड भारु पार, नेपाली बक्स अफिसमा कति कमायो?

भदौ २९, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले पहिलो आठ दिनमा नेपाली बक्स अफिसमा साढे पाँच करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार एट्ली निर्देशित हिन्दी फिल्मले उक्त कमाइ गरेको हो ।

‘जवान’को यो कमाइ नेपाली बक्स अफिसमा शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को भन्दा कम हो । ‘पठान’ले सात दिनमा ६ करोड हाराहारीमा ग्रस कमाइ गरेको थियो । रक्षा बन्धनको बिदाको दिनमा बिहीबार रिलिज भएको ‘जवान’को नेपाल ओपनिङ एक करोड ३५ लाख रुपैयाँ ग्रस (१.०५ करोड नेट) थियो ।

शाहरुख खानको फिल्म ‘जवान’ को विश्वभरि बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार निर्माताले जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको दाबी गरेका छन् । यसले विश्वभरि ६२१.१२ करोड भारुको कमाई गरेको छ ।  तमिल फिल्म निर्माता एटलीले यसको निर्देशन गरेका हुन् जसमा नयनतार र विजय सेतुपति र दीपिका पादुकोण पनि छन् । सात सेप्टेम्बरमा यो विश्वभरि हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिएको थियो । यो फिल्मलाई गौरी खान र गौरव वर्माले निर्माण गरेका हुन् । 

सबै खर्च जोडेर वितरकले झण्डै साढे करोड हाराहारीमा ‘जवान’को नेपाल राइट किनेका थिए । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट, एफडी र कन्सेप्ट भिजनले मिलेर खरिद गरेका हुन् । अब लगानी उठाउन पनि ‘जवान’ले १५ करोड ग्रस कमाउनुपर्छ । तर शुक्रबारदेखि ‘एक भगवत गीता’ र ‘नांगो गाउँ’ पनि रिलिज भएकाले ‘जवान’को लागि दोस्रो साता सहज हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो