Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 15, 2023 स्वास्थ्य

मोरङमा डाक्टरमाथि हातपात गर्ने एकजना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २९, विराटनगर | मोरङको सुन्दरहरैंचामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएको छ ।

सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि दुर्व्यवहार र कुटपिट भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विपिन यादवका अनुसार डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका-७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात र दुर्व्यवहार गरेका हुन् ।

बुबालाई उपचार गराउन आएका उपचार नगरीदिएको भन्दै डाक्टरमाथि बिहीबार हातपात गरेका हुन् । ज्वरो आएपछि उनका बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार माझीले अस्पताल पुर्याएका थिए ।

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी (बहिरंग सेवा) बन्द थियो । तारिणीलाई दिउँसो १२ः३० बजेतिर इमर्जेन्सी (आकस्मिक कक्ष)मा नै भर्ना गरेर उपचार सुरु गरियो ।

आकस्मिक कक्षमा खटिएका डा. पोखरेलले चेकजाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी छोरा शुक्रराजलाई गराएका थिए । त्यसलगत्तै गालीगलौजमा उत्रिएर शुक्रराजले चिकित्सकलाई दुव्र्यवहार र हातपात गरेको मेसु यादवले बताए ।

चिकित्सकमाथि दुर्व्यवहार र हातपात गर्ने शुक्रराजलाई घटनालगत्तै इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ ।