११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलगत सोचभन्दा माथि उठेर देश बनाउन लाग्नुपर्छ : सांसद तामाङ

३० भाद्र २०८०, शनिबार ०६:१६

भदौ ३०, काठमाडौँ | नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताएका छन् ।

रामेछापमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले कुरा गर्दै सरकार र राजनीतिक दलका नेता मात्र होइन सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुन नसक्दा द्रुत गतिको विकास हासिल गर्न नसकिएको टिप्पणी गरे ।

कांग्रेस रामेछापका सभापतिसमेत रहेका तामाङ भन्छन्, ‘सबै नेताहरु देश बनाउने र विकासको कुरा त गर्नुहुन्छ तर यस विषयमा सबै दलबीच राष्ट्रिय सहमति भएको र त्यो व्यवहारमा लागू भएको देखिँदैन ।’

सांसद तामाङले सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचार र अनियमितताका विषयमा सत्यतथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जो केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने बताए । ‘यसो गर्न सके मात्र जनतामा दल र नेता कार्यकर्ताप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ’, उनले भने ।

तथ्याङ्कसहित सार्वजनिक समाचार हेर्दा कतिपय भ्रष्टाचारका मुद्दामा केही नेतालाई कुनै पनि छानबिन नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद तामाङले भने, ‘यसमा पक्षपात भएको भन्ने जनताको आरोप छ, भ्रष्टाचार नियन्त्रण गर्ने हो भने कडाइका साथ निष्पक्ष कारबाही आवश्यक छ ।’

आर्थिक वृद्धि, भ्रष्टाचार नियन्त्रण, सुशासनका मुद्दालाई अघि बढाउन सबै दलबीच सहमति र राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै उनले देशलाई विकासको पथमा अघि बढाउन र जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा एकाकार हुन जरुरी रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा सांसद तामाङले राज्यका प्रमुख तीन अङ्गमध्ये सङ्घीय संसदको सांसद विकास कोषलाई कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको विषयप्रति असन्तुष्टि जनाउँदै यसले विधायिकी अधिकार कुण्ठित भएको टिप्पणी गरे । ‘यो राज्यको शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको सिद्धान्तविपरीत छ’, उनले भने, ‘यसबाट जनताको प्रतिनिधिका अधिकार नै कुण्ठित भएका छन् ।’

सांसदले आवश्यकताअनुसार विजनेश नपाएको र जनअपेक्षाअनुसार कानुन बन्न नसकेको भन्ने सन्दर्भमा सांसद तामाङले हाल विभिन्न दल सम्मिलित गठबन्धनको सरकार भएको र विपक्षी दलहरुले पनि विभिन्न समयमा सदन चल्न नदिएका कारण अपेक्षाअनुसार कानुन बन्न नसकेको जिकिर गरे  । साथै उनले सदनमा जनजीविका र समसामयिक विषयमा भने पर्याप्त आवाज उठ्दै आएको उल्लेख गरे ।

केही सांसदले विभिन्न स्वार्थ र चर्चामा आउनका लागि अनेक प्रोपोगाण्डा गर्ने गरेको सन्दर्भमा सांसद तामाङले जनताका प्रतिनिधिको सर्वोच्च थलोमा सङ्घीय संसदमा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे ।

जनताका प्रतिनिधिमात्र नभई कानुन बनाउने व्यक्ति भएकाले सांसदले सदनमा बोलेका विषय इतिहासका रूपमा रेकर्डमा रहने हुँदा प्रस्तुति र व्यवहारले सकारात्मक सन्देश दिन सक्नुपर्ने उनले बताए । ‘सदनलाई मर्यादित तुल्याउन जनप्रति निकै ठूलो हात छ, त्यो गर्नुपर्छ’, सांसद तामाङले भने ।

उनले ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएको र संविधानअनुसार सङ्घीयता लागू भएको उल्लेख गरे । साथै सांसद तामाङले भने, ‘सङ्घीयतामा जनप्रतिनिधिलाई प्रदान गरिने तलबभत्ता र अन्य सुविधाका कारण खर्च बढेकोप्रतिको जनटिप्पणीलाई गम्भीररुपमा सोच्नुपर्ने बेला आएको छ, यसले सङ्घीयताको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।

जनताका आवश्यकता र विकास निर्माणका काममा स्थानीय तहको सरकार भने सक्षम रहेको र राम्रो काम गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित