२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘हात्तीछाप’को फस्टलुक सार्वजनिक, फिल्म प्रदर्शन माघमा

३१ भाद्र २०८०, आईतवार ०८:१३

भदौ ३१, काठमाडौँ | किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘हात्तीछाप’ २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । 

फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ ।  सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ । 

सिमोस सुनुवारको निर्देशन रहेको फिल्म वितरकसँगको  सल्लाहा अनुसार माघको २६ गते ल्याउन लागिएको निर्माता किरण नेपालीले बताए । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सौगातको अलवा दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ । तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको हो । फिल्ममा सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ ले बक्स अफिसमा हिट भएको थियो ।

फिल्म ‘हात्तीछाप’ मा पनि ‘२ नम्बरी’ कै हिट टिम दोहोरिएको छ । दया र सौगात एकसाथ देखिँदा दर्शकलाई फिल्मप्रति उत्साह थपिने पक्का छ । फस्टलुक सार्वजनिक भएपछि फिल्मप्रति दर्शकमा कौतुहलता पैदा हुने विश्वास निर्माणपक्षको छ । फिल्ममा अमलादेवी नेपाली , पुस्कर गुरुङ  र दीपक मनाङ्गेको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । 

फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य