2026-07-11 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भिस्ताराको उडान अब काठमाडौं-दिल्ली-हङकङ पनि

असोज १, काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएको छ ।

भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएका हो ।


उडानका लागि भिस्ताराले ए३२नेव एयरक्राफ्ट प्रयोग गर्नेछ । यात्रुमा सहभागी हुन चाहने यात्रुले मोबाइल एप्स, वेव साइट र ट्राभल एसेन्सिमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।

एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रसन्न अधिकारीले भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको बताए ।

उनले भने, ‘यात्रुलाई सुरक्षित र आरामदायी हवाई यात्रा उपलब्ध गराउनु भिस्ताराको मूल लक्ष्य हो । यही लक्ष्य प्राप्त गर्न भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको छ ।

आगामी १५ कात्तिकदेखि भिस्ताराले यो सुविधा उपलब्ध गराउने छ । काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा अवश्य पनि लाभकारी साबित हुनेछ ।’

भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ । यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र र्‍याडिशनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस