२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

देशभरका स्वास्थ्य संस्था सञ्चालनमा

२०८०, १ आश्विन सोमबार ०६:५५

असोज १, काठमाडौँ | नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएपछि आजदेखि देशभरका स्वस्थ्य संस्थाका बहिरंग सेवा (ओपीडी) सञ्चालनमा आएका छन् । सरकार र संघबीच ६ बुँदे सहमति भई आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सञ्चालनमा आएको हो ।

सहमति भएसँगै देशभरका स्वास्थ्य संस्था सञ्चालनमा आएको संघका महासचिव डा.सञ्जिव तिवारीले जानकारी दिए ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार आइतबार देशभरका सरकारी र निजीसहित १० हजार १३९ स्वास्थ्य संस्थाबाट करिब ६० हजार बिरामीले स्वास्थ्य सेवा लिनबाट बञ्चित भएका थिए ।


भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा बिरामीको उपचार गरिरहेको अवस्थामा डा.विकास थापा र डा प्रशान्त बिडारीमाथि बिरामीका आफन्तले आक्रमण गरेका थिए । सोही घटनालाई दिएर संघले आन्दोलन थालेको थियो । 

संघले ओपिडी सेवा बन्दको आह्वान गरेपछि हजारौं बिरामी उपचारबाट बञ्चित भएका थिए ।  डाक्टरमाथि आक्रमण गर्ने ४ जना पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।

आक्रमणमा संलग्नलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र अन्य संलग्न व्यक्तिलाई पक्राउ गर्ने लगायतका सहमति भएपछि ओपीडी सेवा सुरु भएको डा.तिवारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते