2026-07-26 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेत्री जरीन खानविरुद्ध पक्राउ पुर्जी जारी

असोज १, काठमाडौँ | बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धान अधिकारीले जरिन विरुद्ध कोलकाताको सियालदह अदालतमा मुद्दाको चार्जशीट पेस गरेका छन्। यसमा जरीनले जमानतको लागि आवेदन नदिएको र अदालतमा हाजिर पनि नभएको भनिएको छ ।

अदालतमा लगातार हाजिर नभएका कारण उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जरिनको नाम ठगी मुद्दामा आएको थियो । सन् २०१६ मा जरिनविरुद्ध कोलकाताको नार्केलडांगा पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भएको थियो।

प्रहरी स्रोतका अनुसार सन् २०१६ मा जरीन खान कोलकातामा एउटा कार्यक्रममा आउनु पर्ने थियो । दुर्गा पूजाको बेला कार्यक्रम भएको थियो । तर जरीन त्यो कार्यक्रममा आउन सकिनन् । उनको लागि सम्पूर्ण स्टेज र सबै तयारी गरिए पनि अन्तिम क्षणमा उनले सबैलाई धोका दिइन्।

कार्यक्रममा जरीन नआएपछि आयोजकले अभिनेत्रीविरुद्ध कोलकाताको नार्केलडांगा प्रहरी चौकीमा ठगीको मुद्दा दर्ता गराएका थिए । जरीन र उनको म्यानेजरको नाममा एफआईआर पनि दायर गरिएको थियो। दुवैलाई ४१ए सीआरपीसी अन्तर्गत एक नोटिस जारी गरिएको थियो जसमा उनीहरू दुवैलाई मुद्दाको सम्बन्धमा प्रश्न र उत्तरका लागि अनुसन्धान अधिकारी समक्ष उपस्थित हुनुपर्ने थियो।

स्रोतका अनुसार नायिका सूचनासहित प्रहरी चौकीमा अनुसन्धान अधिकृतसमक्ष हाजिर भएकी छिन् । उनले आयोजकले आफूलाई भ्रमित गरेको बताइन् । दुवैबीच एक किसिमको असमझदारी थियो । जरीनका अनुसार आयोजकले उनलाई कोलकाताका मुख्यमन्त्री पनि मञ्चमा साथ दिने बताएका थिए। पछि उनको टोलीलाई यो एउटा सानो कार्यक्रम हो जुन उत्तरी कोलकाताको स्थानीय क्षेत्रमा आयोजना हुनेछ भन्ने थाहा भयो ।

यस मामिलामा आफ्नो पक्ष प्रस्तुत गर्दा जरीनले आफू र आयोजकबीच उडानको टिकट र बस्ने व्यवस्थालाई लिएर बहस भएको र त्यसपछि उनले यसमा भाग नलिने निर्णय गरेको बताएकी थिइन् । जरीनले आयोजकविरुद्ध स्थानीय अदालतमा मुद्दा दायर गरेकी छिन् । तर, त्यतिबेला अभिनेत्रीसँग यस केसको कागजपत्र थिएन ।

पछि जब यो केसको छानबिन भयो जरिनलाई आरोपी पाइयो। पछि अभिनेत्री विरुद्ध कोलकाताको सियालदह अदालतमा आरोपपत्र दायर गरिएको थियो। यस मामिलामा जरिनका म्यानेजर अदालतमा हाजिर भए र उनलाई जमानत दिइयो। तर अभिनेत्री एकपटक पनि अदालतमा आएकी छैनन् । न त उनले जमानतको लागि आवेदन दिइन् । पछि अदालतले जरिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली