२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

२०८०, १ आश्विन सोमबार १२:००

असोज १, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।


भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिन समेत माओवादीले निर्णय गरेको छ ।

माओवादीले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरुसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि फेर्नेगरी अघि बढ्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा