४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टीकापुर घटनाका सबै बन्दी रिहा

३ आश्विन २०८०, बुधबार ०६:३६

असोज ३, काठमाडौँ | टीकापुर घटनामा जेल सजाय भोगिरहेका ४ जना बन्दी संविधान दिवसका दिन रिहा भएका छन् । कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् ।

कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरी बुधबार रिहा भएका हुन् । बीरबहादुर २०७२ सालको भदौ १४ गते, प्रदीप २०७२ साल भदौ २८ गते र हरिनारायण घटना भएको भोलिपल्ट अथवा २०७२ सालको भदौ ८ गते पक्राउ परेका थिए ।

तीनैजनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा कैद सजाय तोकिएको थियो । घटनाका  मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए । राजनीतिक पहुँच भएका कारण रेशम रिहा भएका तर सामान्य व्यक्ति नछुटेका भन्दै आलोचना भइरहेका बेला संविधान दिवसका अवसरमा तीनैजना रिहा भएका हुन् ।


नाबालक श्रवण चौरी पनि बुधबार नै रिहा भएका छन । थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । 

कैलाली कारागारबाट छुटेका तीनैजनालाई लिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संघीय सांसद अरुण चौधरी, नागरिक उन्मुक्तिका प्रदेश मन्त्री, सांसदसहितका व्यक्तिहरू कैलाली कारागार पुगेका थिए । 

उनीहरुलाई टीकापुरमा नगर परिक्रमा गरी अभिनन्दन गराइने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । टीकापुर घटनामा संलग्न भएका ३० जना फरार छन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले ती ३० जना विरुद्ध लगाइएको झुठा मुद्दा छिट्टै खारेज हुने दाबी गरे । 

 रिहा भएका बन्दीहरू लिन कैलाली कारागार पुगेका रेशमले फरारको सूचीमा रहेकाहरूको मुद्दा खारेजीका लागि पनि सरकारसँग छलफल भइरहेको दाबी गरे । ‘फरारको सूचीमा रहेका ३० जनाको मुद्दा खारेजीका लागि प्रधानमन्त्रीसहित सत्तासीन दलका शीर्ष नेतासँग मेरो छलफल जारी छ । छिट्टै टीकापुर घटनाको मुद्दा बन्द हुने र झुठा मुद्दा खारेज हुने छ,' उनले भने । 

यद्यपी रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ ।  रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् । 

सर्वोच्चमा परेको उक्त रिट उपर सुनवाइ अझै भएको छैन । कैलाली कारागारबाट संविधान दिवसका दिन ९ जना कैदीबन्दीको रिहाइ भएको छ । 


  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ