११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चित्रबहादुरको दाबी- संविधानलाई एमाले, राजवादी र भारतीय साम्राज्यवादीबाट खतरा छ

३ आश्विन २०८०, बुधबार ०८:५७

असोज ३, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाबाट संविधानको निर्माणपछि नेपाली जनताको सात दशक लामो चाहना पूरा भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

केसीले भनेका छन्, ‘संविधानमा जनताका चाहनाविपरीत तथा ०६२/०६३ को जनआन्दोलनको माग नै नभएको संघीयतालगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि संघर्ष गर्दै आएको छ । संघीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरूको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ ।’

विगतमा एमालेले भारतीय साम्राज्यवादको मिलेमतोमा संविधानविपरीत दुई-दुईपटक संसद विघटन गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘संविधानको मूलआत्मामाथि प्रहार गरेको एमाले अहिले पनि त्यो नीतिबाट पछाडि हटेको छैन । गणतन्त्रवादी शक्तिहरूको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरुले प्रतिगामी दिशा दिनका लागि पूरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्वपूर्ण कार्यभार बन्न जान्छ । त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ ।’

संविधानसभाबाट संविधानको निर्माण आफैमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ परिघटना भएको उल्लेख गर्दै प्रतिक्रियावादी शक्तिहरु क्रियाशील भइरहेको अवस्थामा ती जनविरोधी शक्तिहरुको संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित