2026-07-11 08:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चित्रबहादुरको दाबी- संविधानलाई एमाले, राजवादी र भारतीय साम्राज्यवादीबाट खतरा छ

असोज ३, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाबाट संविधानको निर्माणपछि नेपाली जनताको सात दशक लामो चाहना पूरा भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

केसीले भनेका छन्, ‘संविधानमा जनताका चाहनाविपरीत तथा ०६२/०६३ को जनआन्दोलनको माग नै नभएको संघीयतालगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि संघर्ष गर्दै आएको छ । संघीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरूको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ ।’

विगतमा एमालेले भारतीय साम्राज्यवादको मिलेमतोमा संविधानविपरीत दुई-दुईपटक संसद विघटन गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘संविधानको मूलआत्मामाथि प्रहार गरेको एमाले अहिले पनि त्यो नीतिबाट पछाडि हटेको छैन । गणतन्त्रवादी शक्तिहरूको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरुले प्रतिगामी दिशा दिनका लागि पूरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्वपूर्ण कार्यभार बन्न जान्छ । त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ ।’

संविधानसभाबाट संविधानको निर्माण आफैमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ परिघटना भएको उल्लेख गर्दै प्रतिक्रियावादी शक्तिहरु क्रियाशील भइरहेको अवस्थामा ती जनविरोधी शक्तिहरुको संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट