2026-07-11 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेसपासँग पार्टी एकता गर्न माओवादीले फेरि पठायो पत्र

असोज ३, काठमाडौँ | माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकता गर्न औपचारिक पत्र पठाएको छ।

भदौ २५ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले संयुक्त रुपमा नेसपालाई पार्टी एकताका लागि आग्रह गरेको हो।

नेसपाका पहिलो अध्यक्ष डा. बाबुराम भट्टराई भ्रमणका लागि भारत गएकै दिन भदौ ३० गते अर्का अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर माओजादीले पत्र पठाएको हो। पत्रमा नामका विषयमा आउँदो महाधिवेशनमा खुला रुपमा छलफल गर्न सकिने उल्लेख गरिएको छ।

नेसपाले माओवादी नामसँग असहमति जनाउँदै आएको सन्दर्भमा त्यसलाई महाधिवेशनबाटै टुंगो लगाउने प्रस्ताव माओवादीले गरेको हो। पत्रमा भनिएको छ, ‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ट भित्र रहेको माओबादी केन्द्र बारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ।’

माओवादीका एक नेताका अनुसार यो पत्र भदौ ३० गते पठाइएको पत्रको जवाफ हो।

यसअघि नेसपाका पहिलो वरियताका अध्यक्ष डा. भट्टराईले एकताका लागि तयार रहे पनि नामको विषयमा विचार गर्नुपर्ने आशयको पत्र पठाएको थिए। ती नेताले भने, ‘यो जवाफी पत्र मात्रै हो। यसअघि बाबुरामजीले पठाएको भएको पत्रको जवाफ दिइएको हो।’

माओवादी केन्द्रले एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाउँदा नेसपालाई बाइपास गरेको थियो। मोर्चाको पक्षमा भट्टराई हुँदाहुँदै जसपाका उपेन्द्र यादवलाई देखाएर नेसपालाई बाहिर राखिएको थियो।

माओवादीले विप्लवसँग पनि एकताका लागि छलफल चला रहेको छ भने समाजवादी मोर्चालाई नै पार्टी एकतामा बदल्ने कोणबाट पनि छलफल भइरहेको नेताहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस