२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा कोदो महोत्सव हुने

२०८०, ४ आश्विन बिहीबार ०८:४९

असोज ४, हुम्ला | हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ । 

कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताए । उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो । 


जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवद्र्धन गर्नसके यसलाई जिल्ला बाहिर निकासी गरेर किसानलाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ । महोत्सवमा व्यापारिक कक्ष निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ । 

यस्तै कोदोबाट १५ भन्दाबढी परिकार तयार पारिनुका साथै महोत्सवको वृत्तचित्रसमेत तयार पारिनेछ । सो महोत्सवमा चार जना कोदोखेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ । हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको जनाइएको छ । 

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोगसमेत गर्ने भएका छन् । सिमकोट गाउँपालिकाले रु दुई लाख, नाम्खा गाउँपालिकाले रु एक लाख र खार्पुनाथ गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।

यस्तै एकीकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सीप नेपाल, आधार विकास नेपाललगायतका संस्थालेसमेत कोदो महोत्सवमा आर्थिक सहयोग गर्ने निमित्त कार्यालय प्रमुख शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने