2026-07-11 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थतन्त्रले नधान्ने र संविधान प्रतिकूलबाहेकका शिक्षकका माग पूरा गर्छौः कावा प्रधानमन्त्री खड्का

असोज ४, काठमाडौँ | कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रले धान्न नसक्ने र संविधान प्रतिकूल हुनेबाहेक शिक्षकका समस्या समाधान गर्न तयार रहेको बताएका छन् । 

कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षकहरूको माग र सरकारले गरिरहेको पहलका विषयमा जानकारी गराउँदै उपसभापतिसमेत रहेका खड्काले यस्तो बताएका हुन् । 


‘वर्तमान अर्थतन्त्रले धान्न नसक्ने, शिक्षाका विषयमा संविधान प्रतिकुल हुनेबारे जे–जे समस्या छन् । समस्या समाधान गर्न तयार छौं भनेका थियौ । उहाँहरू हिजोदेखि आन्दोलनमा जानुभयो । अहिले मन्त्रीसँग होइन प्रधानमन्त्रीसँग वार्ता गर्ने भनिरहनुभएको छ । तर पनि हामीले गृहमन्त्री र शिक्षामन्त्रीसहित एकचरण वार्ता गरिसक्यौं,’ खड्काले भने, ‘फेरि अर्को चरणमा छलफल हुन्छ । पहिलोका सकारात्मक पक्षलाई समेटेर फेरि वार्ता हुन्छ । समाधान निस्कन्छ । पहिले भएको सहमतिभन्दा हामी बाहिर जाँदैनौं ।’

शिक्षक र शिक्षाका समस्याका विषयबारे ऐन, नियम, कार्यविधि, परिपत्रमा पनि आउने उनले बताए । 

‘यो वषौं देखिएको समस्या हो । समाधान हुन्छ । ससस्यालाई सरकारले जिम्मेवारीपूर्वक रुपमा हेरेको छ, समाधान दिन्छ,’ खड्काले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट