असोज ४, काठमाडौँ | शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् ।
काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकहरुले माइतीघर बानेश्वरमा सडकका दायाँ बायाँ रहेका हरियालीमा क्षति पुर्याएपछि महाकवि देवकोटाको कविता उदृत गर्दै उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् ।
बालेनले बोट बिरुवा माडिएको फोटो राखेर लेखेका छन् :
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
महाकबि लक्ष्मीप्रसाद देबकोटा