२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भोलि राजस्थानको उदयपुरमा विवाह गर्दै बलिउड अभिनेत्री परिणिती चोपडा र राघव चड्ढा

२०८०, ५ आश्विन शुक्रबार ०८:२६

असोज ५, काठमाडौँ | बलिउड अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् ।


विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  विवाहस्थल पुग्ने क्रम सुरु भएको छ । त्यहाँ पुगेका दुवै जोडीलाई स्वागत गर्न उदयपुर विमानस्थलमा शाही तयारी गरिएको थियो । ढोल बजाएर स्वागत गर्न बिहानैदेखि मानिस उभिएका थिए ।

दुवै जोडी बिहान साढे ९ बजे उदयपुरको दाबोकस्थित महाराणा प्रताप विमानस्थलमा अवतरण गरेका थिए । राजस्थानी शैलीमा गरिएको स्वागत देखेर दुवै खुसी देखिए । परिणितीले रातो सुट लगाएकी थिइन् । दुवैको सुरक्षालाई ध्यानमा राख्दै राजस्थान प्रहरीसँगै पञ्जाबका बडीगार्ड पनि यहाँ तैनाथ गरिएको थियो ।


उनीहरु विमानस्थलबाट सीधै होटल लीला प्यालेसतर्फ प्रस्थान गरे । यो होटल तलाउको बीचमा बनेको छ । विमानस्थलदेखि जेट्टीसम्म विशेष सुरक्षा व्यवस्था रहनेछ । शाही विवाहलाई मध्यनजर गर्दै तालको बीचमा सुरक्षा गार्ड पनि तैनाथ छन् । सयभन्दा बढी निजी गार्डले पनि कार्यक्रममा निगरानी राख्नेछन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि विवाहमा पुग्ने

विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान लगायत अन्य राजनीतिज्ञ सहभागी हुनेछन् । केजरीवाल लेक प्यालेसमा बस्नेछन् र विवाह समारोहमा सहभागी हुनेछन् । उनी सोमबार उदयपुरबाट दिल्ली प्रस्थान गर्नेछन् ।

२४ सेप्टेम्बरमा हुने विवाह समारोहमा राजस्थानका मुख्यमन्त्री पनि सहभागी हुनेछन् । यसबाहेक छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलको पनि उपस्थिति रहनेछ ।

परिणिती र सांसद राघवको परिवार दुई फरक होटलमा बस्नेछन् । राघवको परिवार लेक प्यालेसमा र परिणितीको परिवार होटल लीलामा रहनेछ । बेहुला राघवको विवाहको जुलुस होटल ताजलेक प्यालेसबाट डुङ्गाबाट होटल लीला पुग्नेछ, जहाँ यो शाही विवाहको लागि पर्ल ह्वाइट वेडिङ थिम राखिएको छ । सम्पूर्ण सजावट पनि सेतो थिममा हुनेछ । होटल सजाउन दिल्ली र कोलकाताबाट विशेष फूल माग गरिएको छ ।

शनिबार चुरा समारोहपछि, दिउँसो लीला प्यालेसमा पाहुनाको लागि लन्चको व्यवस्था गरिएको छ । सोही साँझ सांगीतिक कार्यक्रम हुनेछ, जसको थिम ९० को दशक हुनेछ । साँझ ९० को दशकका गीत बजाइनेछन् ।

आइतबार हुने विवाह समारोहको तालिका पनि सार्वजनिक भएको छ । जन्ती दिउँसो २ बजे पुग्नेछ । अपरान्ह ४ बजे बिदाइ, साढे ६ बजेदेखि साढे ८ सम्म रिसेप्सन चल्नेछ । विवाहमा बलिउडका धेरै सेलिब्रिटी र चार मुख्यमन्त्री पनि सहभागी हुने बताइएको छ । पाहुना पुग्ने क्रम आजैबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति