२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नालायक सरकारलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ : ओली

२०८०, ७ आश्विन आईतवार ११:२४

असोज ७, ओखलढुंगा | एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

'यति नालायक सरकार पनि राख्ने हो ? यसलाई जसरी भए पनि टिपेर मिल्काइहाल्नुपर्छ,' ओलीले भने, ' यो सरकारले जनता हेर्दैन । जता पनि सुनमात्रै हेर्छ । ब्रेक-सु ल्याउँछ सुन, सिगरेट ल्याउँछ सुन, स्याउ ल्याउँछ सुन, पानी तान्ने मोटर ल्याउँछ सुन ।'


उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताए ।

अहिले कांग्रेस पार्टी विचरा अवस्थामा पुगेको ओलीको टिप्पणी थियो । 'कांग्रेस त के पार्टी छ भन्नु र ?,' ओलीले भने, लुरुलुरु प्रचण्डको पछिपछि हिँड्नै भ्याइराको छैन ।'

सरकार गठन भएको नौ महिना बित्दासमेत एउटै कानुन बन्न नसकेको र सदन चलाउन नसकेको उनले बताए ।

उनले प्रधानमन्त्री विदेश भ्रमणमा हुँदा किन सदन नचलाएको भन्दै प्रश्न गरे । 'के प्रधानमन्त्री भ्रमणमा हुँदा सदन चलाउनु मिल्दैन ?', ओलीको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने