2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

प्रधानमन्त्री दाहालले बेइजिङमा भने – बीआरआई कार्यान्वयको अन्तिम तयारीमा छौं

असोज ७, काठमाडौँ | प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका छन्।  नेपाल-चाइना बिजनेस समिटलाई बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले २०१७ मा नेपाल बीआरआई परियोजनामा सामेल भएको र अहिले  त्यसको कार्यान्वयनको अन्तिम चरणमा रहेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन,सडक करिडोर,रेल,ट्रान्समिसन लाइनमा काम भइरहेको बताए।

उनले केही समयअघि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात गरेको बताए । उनले भने,’चिनियाँ बन्दरगाह प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आउनु नेपाल-चीन पारवहन सम्झौताको कार्यान्वयन हो।

आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्री दाहालले बताए। उनले  चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताए।

प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरे। उनले जलविद्युत,कृषि,पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताए। उनले भने,’चिनियाँ उद्योगका लागि लगानी गर्न नेपाल निकै आकर्षक गन्तव्य बनेको छ।’

अहिले आर्थिक मन्दी र भू-राजनीतिक उथलपुथलका कारण विश्वले संकट र चुनौतिको सामान गरिरहेको उनको भनाइ छ।  प्रधानमन्त्री दाहालले संकटले पनि अवसर ल्याउन सक्ने बताएका थिए। प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी  भएर आज बेइजिङ पुगेका थिए।

नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई मुलु्कको ऐतिहासिक सम्बन्धको चर्चा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई