2026-07-11 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मासले हिरो खोज्यो, पूर्वराजा नै नेता बनेर नआउलान् भन्न सकिँदैन– नारायण खड्का

असोज ८, काठमाडौँ | कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले समाज र नागरिकहरू विद्रोही भएको भन्दै हिरो खोज्ने क्रममा पूर्वराजा नै आउन सक्ने टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले समाज विद्रोही भइसकेकाले जिम्मेवार बन्नुपर्ने बताएका हुन् । 


‘मास र समाज विद्रोही भइसकेको छ । मासले हिरो खोजेको छ । मासलाई गोलबन्द गर्ने नेता नपाएपछि, धार्मिक असहिष्णुता देखाउने, बम र खुकुरी बोक्ने क्रम शुरू भएको छ । मासलाई गोलबन्द गर्ने नेता नभएपछि यस्ता प्रवृत्ति विकृत रूपमा आउँछन् । यो अप्ठ्यारो अवस्था हो । खड्काले भने, ‘दुई वर्षपछि नेतृत्वमा हाम्रो पालो आउँछ । त्यो बेला अवस्था यस्तै हुन्छ कि सुध्रिन्छ ? ह्रासोन्मुख हुन्छ कि यस्तो अवस्थामा नेतृत्व गर्नुपर्ने हो ?’

पूर्वराजाको पक्षमा भक्तपुरमा प्रदर्शन भएको भन्दै खड्काले उनैलाई नेता बनाएर ल्याए अचम्म मान्नुनपर्ने बताए । 

‘मासले हिरो खोज्ने क्रममा भक्तपुरमा पूर्वराजाको पक्षमा प्रदर्शन भयो,’ उनले भने, ‘भोलि पूर्वराजा नेता बनेर बनाएर आउने अवस्था नआउला भन्न सक्दिनँ ।’

नागरिकमा निराशा भएकाले जिम्मेवार हुनुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट