११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर

८ आश्विन २०८०, सोमबार १२:०१

असोज ८, काठमाडौँ | अकुत सम्पत्ति आर्जनमा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।


श्रेष्ठ पूर्वसचिवसमेत हुन् । उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।

अख्तियारले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दावी गरेको थियो । यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले श्रेष्ठलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो ।

पूर्वसचिव श्रेष्ठ तत्कालीन माओवादीको कोटाबाट खिलराम रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री भएका थिए । उनी गोरखाको आरुघाटमा प्रचण्डसँगै शिक्षक रहेको कारण माओवादीसँग निकट भएर मन्त्री बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि