११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सामान्य प्रशासन मन्त्रालयले गर्यो १८ शाखा अधिकृतको सरुवा

११ आश्विन २०८०, बिहीबार १२:००

असोज ११, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ । 

गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निर्मल परियार र लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुवास रिजालको सरुवा भएको हो । 

गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने सामान्यमा सरुवा भएको छ । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र सन्तोष पोखरेलको क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । अर्का शाखा अधिकृत गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा पुगेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सुसना शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र उद्योगमा अमित भूषण, महेश पौडेलको सरुवा भएको छ । 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार भूमि व्यवस्थाका बाबुराम पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अशोक दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, माधव घिमिरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, प्रेमिसा श्रेष्ठको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र शान्ति कुँवरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि