२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालको संविधान विश्वकै उत्कृष्ट: राजदूत खत्री

२०८०, १२ आश्विन शुक्रबार १०:०४

असोज १२, काठमाडौँ | अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभएको छ ।

संविधानले नागरिकको न्यूनतम अधिकार सुरक्षित गर्दै प्रजातन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक सहभागितालाई आत्मसात् गरेको भन्दै संविधान निकै राम्रो बनेको बताउनुभयो ।

बिहीबार वासिङ्टन डिसीमा नेपालको राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा राजदूत खत्रीले प्रजातान्त्रिक अभ्यासअनुरुप सङ्घीय, प्रादेशिक र स्थानीय तहको दुईपटक आवधिक निर्वाचन सम्पन्न गरिसकेको उल्लेख गर्नुभयो । संविधानले पूर्णरूपमा प्रेस स्वतन्त्रता, नागरिक समाजको सहभागितालगायतका विषयमा अधिकार सुनिश्चित गरेको उहाँको भनाइ थियो ।


संविधानले राजनीतिमा महिलाको सहभागितालाई सुनिश्चित गरेको उहाँले बताउनुभयो । प्रदेश र सङ्घीय संसदमा महिलाको ३३ प्रतिशत संवैधानिकरूपमा सुनिश्चित गरिएको भन्दै उहाँले विश्वका निकै कम देशमा मात्रै यस्तो व्यवस्था भएको दाबी गर्नुभयो ।

“नेपाल र अमेरिकाबीच विगत ७६ वर्षदेखि सामूहिक विश्वास, सहकार्य र सम्मानको सम्बन्ध छ । यी दुई देशबीचको सम्बन्ध प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रताका मूल्य, मान्यतामा आधारित छ”, राजदूत खत्रीले भन्नुभयो । अमेरिकासँग पारस्परिकरूपमा मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले यस सहकार्यले नेपालको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

अमेरिकी सरकारले प्रदान गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन कार्यान्वयनको चरणमा प्रवेश गरेको भन्दै राजदूत खत्रीले अमेरिकी सहयोग नियोगलाई सहयोगका लागि धन्यवाद दिनुभयो । नेपालमा संविधान जारी भएको दिन असोज ३ मा संविधान दिवस मनाउने गरिएको छ । साथै विदेशस्थित नियोगहरूले मनाउँदै आएको नेपाल दिवस अमेरिकामा यसपटक असोज ११ गते बिहीबार मनाइएको हो ।

कार्यक्रममा अमेरिकाका सरकारी अधिकारीहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अमेरिकामा रहेका नेपाली, नेपाली मूलका अमेरिकाका डेलिगेट ह्यारी भण्डारी, नेपालका लागि पूर्वअमेरिकी राजदूत पिटर बोडे, भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, विभिन्न देशका राजदूत, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

नेपालको संविधान दिवसका अवसरमा गत सातामात्रै अमेरिकी सरकारको तर्फबाट विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्ति जारी गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने