फ्लाइटमा यात्रा गर्ने समय तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फ्लाइटमा यात्रा गर्ने समय तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ ।"/>
2026-07-28 07:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति

फ्लाइटमा यात्रा गर्ने समय तपाइको ड्रेसिंग प्राय कन्फरटेवल हुनुपर्छ । नत्र एकै स्थानमा बस्दा-बस्दै ब्लड सर्कुलेशन रोकिने खतरा हुने र बिभिन्न समस्या झेल्नुपर्ने हुनसक्छ । ड्रेस मात्र नभई फुटवेयर र परफ्यूम हाल्ने कुरामा पनि सचेत हुनु जरुरी छ । सासले आज तपाई बिसेषगरि महिलाहरुलाई फाइदा पुग्ने कुराको जानकारी दिन गईरहेका छौं ।

१. तपाईलाई थाहा छ नेपालमा खुला पहिरन त्यति पच्ने ठाउँ हैन त्यसैले कपडा लगाउँदा छोटा नलगाएकै राम्रो । 

२. प्लेनमा टाइट कपडा नलगाउनु होला किनकि फ्लाइटमा सीट बेल्ट लगाएर घन्टौंसम्म एकै स्थानमा बस्नु पर्ने हुँदा यस्तो अवस्थामा तपाइको रक्तसंचारमा निकै समस्या आउन सक्छ । यसकै कारण तपाईलाई पछीसम्म सारीरिक समस्या झेल्नुपर्ने हुनसक्छ ।

३. प्लेनमा जाँदा धेरै सेन्ट (परफ्युम) नहाल्नुस् । यसको कारण तपाइँ नजिकै बस्नेको स्वासप्रस्वासमा समस्या आउन सक्छ । तपाइँ आफैलाई पनि यसले समस्या नपार्ला भन्न सकिन्न ।

४. प्लेनमा हाई-हिल्स नलगाउनुस । यसले खुट्टा दुख्ने समस्या आउन सक्छ । त्यसमाथि पनि टर्मिनलमा बढी हिड्नुपर्ने भयो भने झनै समस्या हुन्छ । 

५. बाक्लो ज्याकेट नलगाउनु राम्रो हुन्छ । किनकी प्लेनमा तापक्रम परिवर्तन भईरहन सक्छ । बोक्न सहज हुन्छ भने बरु ज्याकेट बोक्दा हुन्छ तर आवश्यक परेको बेलामा मात्र लगाउन सक्नुहुन्छ । 

६. फ्लाइटको समयमा सकेसम्म हावा आउ-जाउ हुने कपडा नै राम्रो हुन्छ । साथै कपडाले सरिरबाट निस्कने म्वैस्चर सोस्ने खालको हुनु राम्रो हुन्छ । कटन, सिल्क वा लिनेन फेब्रिक कपडा लगाउनु राम्रो हुन्छ । 

७. खुट्टामा मोजा वा स्कटिंग नलगाउनु राम्रो हुन्छ । बिशेष गरि प्रेग्नेन्ट महिलाहरुले यो कुरा ख्याल गर्नुपर्छ । यसको कारण ब्लड सर्कुलेशन अझै रोकिन सक्छ । 

८. प्लेनमा पाईजामा नलगाउनुस, यो जति लगाउन सहज भएपनि यो घरकै लागि हो । यदी  रातको समयको फ्लाईट छ र फ्लाइटमै सुत्नुपर्ने छ भने मात्र पाईजामा लगाऊनुस तर घुम्दा नलगाएकै राम्रो । 

९. केहि मानिसहरु प्लेनमा मोजा फुकालेर बस्छन तर तपाइको मोजा गनाउने छ भने भुलेर पनि त्यसो नगर्नुस । यसको कारण तपाइलाई अरुले घृणा गर्छन । 

१०. प्लेन भित्र हावा ड्राई हुन्छ । ह्युमिडीटी पनि १०-२० प्रतिशत बढी हुन्छ । यसैले चस्मा लगाउनु राम्रो हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ