असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिस्कार गरेको छ ।
रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिस्कार गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे सात दलको बैठक बोलाएका छन् ।
चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने लामिछानेले जानकारी दिए ।
रास्वपा सभापति लामिछानेले
सामाजिक सन्जालमा लेखेका छन्, ‘चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’