२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङमा खुर्पा प्रहार गरी ७२ वर्षीया वृद्धाको हत्या

२०८०, १४ आश्विन आईतवार ०६:३८

असोज १४, काठमाडौँ | धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ४ हल्दारेमा खुर्पा प्रहारबाट एक वृद्धाको हत्या भएको छ । ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी सोही ठाउँका ३६ वर्षीय मंगल गुरुङले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

गुरुङ नाताले गाउँले काकी र भतिज हुन् । पहिलेदेखिको पारिवारिक रिसइवीका कारण हत्या भएको खुलेको छ । एसपी मिश्रले भने, ‘पहिल्यैदेखिको रिसइवि र बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहार गरी हत्या गरेका हुन् । अपशब्द बोल्ने र सधैँ हेप्ने भएकाले सहनै नसकेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।’

सुकमाया आफ्नै घरनजिक सडकमा शरीरका विभिन्न भागमा क्षतविक्षत गरी काटिएको अवस्थामा मृत फेला परेको एसपी मिश्रले बताए । खुर्पा प्रहार गर्ने गुरुङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल