४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयल निगम आफैं व्यापार गर्छ तर सधैं घाटा भयो भन्छ, यो घाटा के हो निर्क्यौल होस् : रवि लामिछाने

१४ आश्विन २०८०, आईतवार ०९:१४

असोज १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगमले सधैं घाटा भयो भन्ने विषयमा प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले एक्लैले व्यापार गर्ने भए पनि घाटा भयो भन्ने गरेको बताए।

‘आयल निगम व्यापार पनि आफैं गर्छ। आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा उही गर्छ। तर सधैं घाटा भयो भन्छ। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ। तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’, उनले भने।

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएपछि मूल्यवृद्धि गरेको भन्दै व्यंग्य गरे। भने, ‘प्रधानमन्त्रीज्यू चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनुभएको रहेछ। तर आउँदाआउँदै जनताको मुड अफ गरिदिनुभयो, मूल्यवृद्धि गरेर। तर मूल्यवृद्धि फिर्ता लिएर फेरि मुड फ्रेस गर्ने काम गर्नुभएको छ। म धन्यवाद दिन चाहन्छु।’

पेट्रोलियम पदार्थमा बढेको मूल्य सरकारले फिर्ता लिने निर्णय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ