2026-09-19 12:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न पाइँदैन

असोज १५, काठमाडौँ | नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्‍याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिए । तर, अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।

खड्काले लेखेको स्टाटस अनमोलविरुद्ध लक्षित छ । यद्यपि, उनले कसैको नाम लिएका छैनन् । भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणीसमेत गरेका छन् ।

चलेका कलाकारले कुनै पनि फिल्म खेल्ने समझदारीपछि अग्रीमरूपमा केही पेश्की रकम लिने गर्छन् । अनमोलले ‘रावायण’ का निर्माताबाट १० लाख रूपैयाँ लिएका थिए । उनले फिल्म नखेल्ने भएपछि सो रकम फिर्ता गर्न चाहे पनि निर्माता निर्देशक थापाले लिन मानेका थिएनन् । त्यही एड्भान्स रकमलाई खड्काले अमिल्दो गरी ‘दाइजो’ सँग तुलना गरेका हुन् ।

यसमा खड्काको आशय निर्माताको खर्च भएको भनिएको रकम (एक करोडभन्दा बढी दाबी गरिएको) को आधा अनमोलले क्षतिपूर्ति गर्नुपर्छ भन्ने देखिन्छ । तर, स्मरणीय के छ भने अनमोलले ‘रावायण’ का निर्मातासँग लिखित सम्झौता गरेका थिएनन् । केवल मौखिक समझदारीका आधारमा उनले १० लाख पेश्की लिएका थिए । त्यसैले उनले दिएको ‘विवाह’ र ‘सुहागरात’ वाला दृष्टान्त पनि यहाँ मेल खाँदैन ।

 यस्तो छ खड्काको स्टाटस:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता