२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अनमोल लक्षित सुदर्शनको स्टाटस: मोटो पारिश्रमिक माग गर्नु पहिला आफूलाई तयार गर्नु

१५ आश्विन २०८०, सोमबार ०८:३५

असोज १५, काठमाडौँ | आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी हाजिर जमानीमा आइतबार रिहा भए।

१० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो।


केसी रिहा भएपछि निर्देशक सुदर्शन थापाले अनमोल लक्षित गर्दै मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न भनेका छन्।

उनले लेखेका छन्, 'बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु। र अन्त्यमा  मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णतया तयार गर्न र तोकिएको समयसिमा भित्र आफुलाई हरेक पक्षबाट तयार गरि निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु।'

उनले चलचित्र  'रावायण' आफ्ना लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा लिएको बताएका छन्।  

‘कुनै पनि स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ र यसको भविष्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती मबाट अहिलेसम्म भएको छैन र हुने पनि छैन । तसर्थ मेरो पछिल्लो निर्माणाधीन चलचित्रका लागि मैले लामो समय खर्चिएको छु र कलाकार तथा प्राविधिकको छनोटमा समेत विशेष ध्यान दिएको छु’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य