२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म्याग्दीका मुख्य सडकहरू पहिरोले अवरुद्ध

२०८०, १६ आश्विन मंगलवार ०६:१२

असोज १६, म्याग्दी | अबिरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४ फापरखेतको घुमाउने भिर र मालिका गाउँपालिका–६ को बाङ्गे पहिरोमा सडक अवरुद्ध भएको छ ।

त्यसैगरी बेनी–जोमसोम सडकखण्डको रघुगङ्गा गाउँपालिका–२ बैँसरी, कुनौटा, अन्नपूर्ण गाउँपालिका–२ नैनिबगर र वडा नं ३ को गुइँठेलगायत क्षेत्रमा पहिराले सडक अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार वर्षा नरोकिएको कारण पहिरो पन्छाएर सडक खुलाउन समस्या भएको छ । निरन्तर पहिरो खसिरहेका कारण सडकखण्डमा सवारी सञ्चालन हुनसकेको छैन । बेनी–जोमसोम सडकखण्ड पहिराले अवरुद्ध भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङका सर्वसाधारणका साथै पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको छ । 

सोह्रश्राद्धमा पितृ उद्धारका लागि मुस्ताङको कागबेनीमा जाने तीर्थालुको चाप बढेको समयमा सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्कनेहरू बीच बाटैमा रोकिएका छन् । पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध बनाउने भएकाले सम्बन्धित सडकको अवस्थाबारे सूचना लिएर मात्रै यात्रा गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने