2026-07-26 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पाँच वर्षपछि श्रीदेवीको मृत्युबारे बोनी कपुरको खुलासा- उनी भोकै बस्थिन्, ‘ब्ल्याकआउट’ पीडित थिइन्

असोज १६, काठमाडौँ | सन् २०१८ मा अभिनेत्री श्रीदेवीको आकस्मिक निधनपछि उनका पति बोनी कपुरले यस विषयमा मौनता साँधेका थिए । तर यतिबेला उनले श्रीदेवीको निधनबारे महत्वपूर्ण खुलासा गरेका छन् ।

उनका अनुसार श्रीदेवीले नून बिनाको ‘स्ट्रिक्ट डाइट’ लिन्थिन् । जसका कारण श्रीदेवीलाई ‘ब्ल्याकआउट’ हुन्थ्यो । अभिनेता नागार्जुनले आफूलाई सुनाएको घटना पनि बोनीले सेयर गरे । उनका अनुसार श्रीदेवी बेहोस भइन्, जसका कारण उनको दाँत पनि भाँचिएको थियो ।

‘द न्यू इन्डियन’लाई दिएको अन्तर्वार्तामा बोनीले श्रीदेवीको मृत्युको बारेमा कुरा गर्दै यो प्राकृतिक नभई आकस्मिक मृत्यु भएको बताए । श्रीदेवीको मृत्युपछि आफूले ‘डिटेक्टर टेस्ट’को परीक्षणबाट गुज्रनुपरेको समेत बताए । आफूले कल्पना समेत नगरेका कुराहरु भोग्नुपरेको उनले बताए ।

बोनीले भने, ‘मैले यसबारे नबोल्ने निर्णय गरेको थिएँ किनभने जब ममाथि अनुसन्धान र सोधपुछ भइरहेको थियो । मैले २४ वा ४८ घण्टासम्म यसबारे कुरा गरें । मिडियाबाट दबाब आएकाले आफूहरुले त्यसो गर्नुपरेको अधिकारीले बताएका छन् । उनीहरुले यसमा कुनै बेइमानी नभएको थाहा पाए । म सबै परीक्षणबाट गुज्रिएँ जसमा ‘लाई डिटेक्टर टेस्ट’ र अन्य परीक्षण पनि सामेल थिए ।

अनि निसन्देह, त्यसपछि आएको रिपोर्टले यो मृत्यु आकस्मिक भएको भन्यो ।’

निधनको समयमा श्रीदेवी कडा खालको डाइटमा रहेको बोनीले बताएका छन् । उनले भने, ‘उनी प्रायः भोकै हुन्थिन् । राम्री देखिन चाहन्थिन् । स्क्रिनमा राम्री राम्रो देखिन सकोस् भनेर उनले आफ्नो सेपलाई ध्यान दिन्थिन् । जब मसँग उनको विवाह भयो, तब उनी ब्ल्याकआउटबाट पीडित भइन् र चिकित्सकले उनलाई कम रक्तचापको समस्या भएको बताए ।’

त्यसपछि बोनीले अभिनेता नागार्जुनले आफूलाई सुनाएको घटना उल्लेख गरे । नागार्जुनले एक सुटिङका क्रममा श्रीदेवी बाथरुममा बेहोस भएको बताएका थिए । बोनीले भने, ‘यो निकै दुर्भाग्यपूर्ण थियो । पछि उनको मृत्यु भएपछि नागार्जुन घर आए । उनले फिल्मको सुटिङका क्रममा आफू फेरि क्र्यास डाइटमा रहेको बताइन् र बाथरुममा बेहोस भएर लडिन्, जसमा उनको दाँत भाँचिएको थियो ।’

बोनीले श्रीदेवीलाई सुरुदेखि नै कडा र क्र्यास डाइटमा बस्ने बानी रहेको बताए । त्यसैले उनले डाक्टरलाई श्रीदेवीको खानामा थोरै नुन समावेश गर्न भनेका थिए । श्रीदेवीले आफ्नो खानामा नुन पटक्कै खाइनन् । बोनीका अनुसार रात्रिभोजको समयमा पनि श्रीदेवीले खानामा नुन नहोस् भनेर जिद्दी गरिन् । दुर्भाग्यवश, श्रीदेवीले यो विषयलाई गम्भीरतापूर्वक लिइनन् र सायद यो कुरा उनको लागि धेरै गम्भीर र घातक भयो ।’

२४ फेब्रुअरी, २०१८ मा दुबईको एक होटलको बाथटबमा डुबेर श्रीदेवीको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा श्रीदेवीको मृत्युको कारण दुर्घटनावश डुबेर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ