२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

श्रीदेवी विवाह अघि गर्भवती भएको हल्लाबारे बोनी कपुरको स्पष्टीकरण

१७ आश्विन २०८०, बुधबार ०६:५९

असोज १७, काठमाडौँ | बोनी कपुरले अन्ततः श्रीदेवीको पहिलो गर्भावस्थाबारे फैलिएको हल्लाबारे स्पष्टीकरण दिएका छन् । उनले श्रीदेवीसँग विवाह भएको वास्तविक मिति उल्लेख गर्दै जुन हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता नभएको बताएका छन् । 

एक भारतीय सञ्चार माध्यमलाई हालै दिएको एक अन्तर्वार्तामा उनले यसबारे कुरा गरेका छन् । बोनीका अनुसार उनले श्रीदेवीसँग सन् १९९६ जुन २ मा विवाह गरेका हुन् । यी दुईले पहिल्यै विवाह गरे पनि सार्वजनिक रूपमा भने सन् १९९७  जनवरीमा मात्रै विवाह गरे । मितिमा भएको यही गडबडीका कारण श्रीदेवी विवाह अघि नै गर्भवती भएकी हुन् भन्ने हल्ला चल्यो । 


‘मेरो दोस्रो विवाह, मेरो श्रीदेवीसँगको विवाह सिर्दिमा भयो । हामीले जुन २ मा विवाह गरेका थियौँ । विवाहका केही कार्यक्रम भए । हामीले त्यहाँ रात पनि बितायौँ । त्यसपछि श्री जनवरीमा गर्भवती भइन् । उनी गर्भवती भएपछि हामीसँग  सार्वजनिक रूपमा विवाह गर्नुको विकल्प थिएन । जुन २ सिर्दिमा विवाह भएको थियो तर सार्वजनिक रूपमा हाम्रो विवाह सन् १९९७ जनवरीमा मात्रै भयो । त्यसैले अहिलेसम्म पनि मानिसहरूले श्रीदेवी विवाह अघि नै गर्भवती भएकी थिइन् भनेर लेख्ने गर्छन्,’ बोनीले द न्यु इन्डियनसँगको कुराकानीमा भने । 

बोनी कपुरले आफ्नी जेठी श्रीमती मोनासँग श्रीदेवीसँगको आफ्नो भावना बारे पनि आफूले निरन्तर पारदर्शिता कायम राखेको खुलासा गरे । उनले आफूले आफैँलाई एक अभूतपूर्व र इमानदार पारिवारिक व्यक्तिको रूपमा चित्रण गर्दै छोराछोरी अर्जुन, अंशुला, जान्ह्वी र खुसीसहित परिवारका सबै सदस्य आफ्ना लागि अमूल्य भएको बताए । 

विवाहपछि बोनी र श्रीदेवीका दुई छोरी जान्ह्वी कपुर र खुसी कपुर भए । जान्ह्वी बलिउडमा काम गरिरहेकी छिन् भने खुसी डेब्युको तयारीमा छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य