२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी छाडेर जनमत पार्टीमा पुगेका नेता कुशवाह नेकपा एमालेमा प्रवेश

२०८०, १८ आश्विन बिहीबार ०८:३७

असोज १८, काठमाडौँ | पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका बाराका नेता शिवचन्द्र कुशवाह नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बनेका थिए ।

कुशवाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् । उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।


कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए । उनले आफू पनि जनयुद्ध अगाडि एमाले नै रहेकाले ३० वर्षपछि घर फर्किएको बताए ।

कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए ।

कुशावाह उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए । निर्वाचनपछि केही समय जनमत पार्टीमा रहे पनि सीके राउतसँग सहमत हुन सकेनन् ।

एमालेमा प्रवेश गर्दै उनले आफू बारामा एमालेकै राजनीति गरेर आएकाले पूरानै घर सहज भएको र बारामात्र नभएर मधेशमै एमालेलाई पहिलो शक्तिबाट बहुमतमा लैजान पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना