११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगन थापाको प्रश्न– रिगल ‘डन’लाई कुन आधारमा आममाफी दिइयो ?

१८ आश्विन २०८०, बिहीबार ०९:०५

असोज १८, काठमाडौँ | सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगल ‘डन’लगायत व्यक्तिलाई कुन आधारमा आममाफी दिइएको बारे सरकारले जानकारी गराउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधान दिवसका अवसरमा गम्भीर फौजदारी मुद्दामा जेल सजाय भोगिरहेकाहरूले कसरी आममाफी पाउन मिल्छ ? भन्दै प्रश्न गरे । गलत निर्णय गर्ने सरकारले सार्वभौम संसद्मा उभिएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखले सोहीअनुसार रुलिङ गर्न माग गरे ।


“यो गलत निर्णय भएको छ । सरकारले यहाँ उभिएर कारण बताउनुपर्छ । यसको जवाफ दिनुपर्छ । निर्णय आफू गरेर भाग्न पाइँदैन, जवाफ दिनुपर्छ,” थापाले भने ।

सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए । कानुनविपरीत काम गरेर मन्त्रिपरिषद्ले राष्ट्रपति संस्थालाई विवादमा तानेको थापाको आरोप छ ।

“६७० जनालाई माफीमिना गरिएको छ । संविधानको मर्मविपरीत गम्भीर अपराधको दोषीलाई कैद माफी गरिएको छ । बदनियत ढंगबाट भएको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । विरोध हुन्छ, हामी गछौँ,” उनले भने ।

यो विषय अदालतमा पुगेको र अदालतमाथि पनि प्रश्न उठाइएको भन्दै उनले संविधान निर्माणपश्चात् गठित सरकारहरूले कानुनको छिद्र प्रयोग गरिरहेको उल्लेख गरे । यसलाई सच्याउन कानुन संशोधन गर्नुपर्ने उनले बताए ।

कानुनले गम्भीर फौजदारी अपराधका विषयमा स्पष्ट लेखेको भन्दै उनले किन कैद मिनाहा गरियो ? भन्ने प्रश्न गरे ।

कानुन संशोधन नगर्ने भए फागुन ७ मा पनि यही घटना दोहोरिने उनको भनाइ छ ।

“ठूलो आर्थिक अनियमितता छ यसमा । हामीले अब कानुन फिर्ता लिएर संशोधन गरेर परिमार्जन गर्नुपर्छ । कानुनी छिद्र प्रयोग गर्नेक्रम बढ्दो छ । त्यसकारण भोलि गएर कानुनी अपव्याख्या गर्न नसक्ने बनाउन कानुन संशोधन हुनुपर्छ,” थापाले भने, “यो भएन भने फागुन ७ मा यस्तो घटना हुन्छ । भविष्यमा पनि गलत गर्न नदिन निर्देशन दिन र कानुनको प्वाल बन्द गर भनेर सभामुखले भन्न अनुरोध गर्दछु । सरकारले नसके सदनमा ल्याओस्, हामी प्वाल टाल्छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै