२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मःममा साङ्ला भेटिएपछि लाजिम्पाटस्थित रेष्टुरेन्टमा महानगरले लगायो ताला

२०८०, १८ आश्विन बिहीबार १२:२३

असोज १८, काठमाडौँ | काठमाडौं महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाएको छ ।

सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको उजुरी महानगरमा गरेका थिए । सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको थियो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली अनुगमनको क्रममा भान्छा, खाद्य पदार्थ हेरेको थियो ।

‘हामीलाई आएको सूचना जस्तै अस्वस्थ ढंगले भान्सा चलाइएको रहेछ, भान्छामा साङ्ला, फोहोर देखिएपछि ताला लगाएर आएका छौं,’ पाण्डेले  भने ।

प्राविधिक टोलीले अध्ययन गरेर जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा टुंगो लाग्ने पाण्डेले बताए ।

महानगरपालिकामा पछिल्लो समय रेष्टुरेन्ट, क्याफेहरुको विरुद्धमा उजुरी बढिरहेको छ भने महानगरले तत्काल कारबाही गर्ने नीति लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल