2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

असोज १९, काठमाडौँ | बलिउड अभिनेत्री रिया चक्रवर्ती आजकाल रियालिटी सो रोडिजमा ग्याङ लिडरको रूपमा देखिएकी छिन्।

बिहीबार उनी ‘इन्डिया टुडे कनक्लेभ २०२३’ मा देखिइन् र उनले त्यहाँ आफूमाथि गरिएका हरेक प्रश्नको जवाफ दिइन्।

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।

सेसन मोडरेटर राजदीप सरदेसाईसँग कुरा गर्दै रियाले पछिल्लो तीन वर्षमा उनको जीवनमा धेरै परिवर्तन आएको बताइन्। उनले भनिन्, ‘तीन वर्ष अघि जब तपाईंले मेरो अन्तर्वार्ता लिनुभएको थियो तब मलाई आमन्त्रण गर्नुभएको थिएन। अब मलाई निमन्त्रणा पठाउनु भएको छ । जीवन एक चक्र हो। अब म मिडियासँग कुरा गरिरहेकी छु । जीवन अघि बढिरहेको छ। पहिला ३१ वर्षको उमेरमा मैले आफूभित्र ८१ वर्षकी वृद्धा महिला महसुस हुन्थ्यो। मुस्किल समयमा कि त तपाईं देवदास बन्न सक्नुहुन्छ कि थेरापीको सहारा लिएर अघि बढ्न सक्नुहुन्छ। मैले थेरापीको सहारा लिएँ।’

उनले सुशान्तले आफ्नो ज्यान किन दिए भन्ने आफूलाई थाहा नभएको तर उनले के कस्तो कुरा सहनुपर्‍यो भन्ने चाहिँ थाहा भएको बताएकी छिन्।

राजपूतको मृत्युबारे कुरा गर्दै उनले भनिन्, ‘केही मानिसले मैले नै केही गरेकी छु जसरी हेर्ने गर्छन्। कतिले ममाथि गलत भइरहेको छ भनेर सहानुभूति पनि देखाउँछन्। म मानिसको अनुहार पढ्न सक्छु। मलाई चुडेल नाम मनपर्यो। यसले मलाई केही फरक पार्दैन। के थाहा, मलाई साँच्चै नै कालो जादु आउँछ कि रु विवाहपछि कोही पुरुषले धेरै रक्सी खाए भने केटीले गर्दा यो सब भइरहेको छ भनेर भन्छन्। यदि उसको करियर खस्कियो भने ‘यो आएदेखि यस्तो भयो’ भनेर भन्ने गरिन्छ।’

उनले आफू जेलमा बस्दा धेरै कुरा सिकेको पनि बताएकी छिन्। उनले जेलमा बिताएका दिन सम्झिँदै भनिन्, ‘जेल रोचक हुन्छ किनभने तपाईं समाजबाट अलग्गिनुहुन्छ। जेलमा मैले धेरै कुरा सिकेँ। म अन्डर ट्रायल थिएँ। म दोषी थिइनँ। हामी फिल्मका लागि भागिरहन्छौँ तर जेलमा बसेकी एक महिलाले एउटा समोसा मात्रै पाइन् भने पनि त्यसमा कति खुसी मिल्छ भन्ने कुरा मैले थाहा पाएँ।’

आफ्नो  मुस्किल समयमा हौसलाका लागि परिवार उभिएको उनले बताएकी छिन्। उनले भनिन्, ‘मेरो बुवा आर्मीमा थिए। मेरो परिवारले मलाई बाँच्ने हिम्मत दियो। परिवार र मेरा थुप्रै साथीहरू मेरो साथमा रहे। उनीहरूलाई ममाथि विश्वास थियो। मेरा बुवा र भाइले ‘जीवनमा यस्तो समय आउला भनेर कहिल्यै नसोचेको बताए तर जे जति भयो, त्यसलाई स्विकारेको पनि बताए।’

सन् २०२० मा अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि रियाको नाम उक्त घटनामा जोडिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता