२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चितवन आएर अर्थमन्त्रीले भने: ‘रिगलको विषमया मलाई केही थाहा छैन’

२०८०, १९ आश्विन शुक्रबार ०८:०४

असोज १९, काठमाडौँ | अर्थमन्त्री डा.प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आममाफि दिएको विषयमा आफूलाई थाहा नभएको स्पष्ट पारेका छन्।

नेपाल प्रेस यूनियन चितवनले शुक्रबार (आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले ढकालको आममाफिको विषयमा बुझ्न नपाएको बताएका हुन्।


‘यस विषयमा मलाई केही थाहा भएन। गृह मन्त्रालयले के आधार बनाएर राष्ट्रपति कहाँ पुग्यो,’ सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सबै नबुझि बोल्ने कुरा भएन मैले पनि बुझदै छु।’

फरक प्रसंगमा महतले अर्थतन्त्र सुधार उन्मुख भएको बताएका छन्। ‘विश्व बैंक, एडिभिको रिपोर्ट अनुसार २ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदरमा छौँ। यस आर्थिक वर्ष ४ प्रतिशत नाघ्ने प्रक्षेपण एडिभिले गरेको छ,’ उनले भने, ‘हाम्रो लक्ष्य ६ प्रतिशत आर्थिक वृद्धि गर्ने रहेको छ।’ आम नागरिकलाई सकरात्मक ढंगले हेर्नुपर्ने उनले बताए। देश बाहिर भनेजस्तो देशमा आर्थिक संकट नभएको उनले जिकिर गरे। ‘समस्या छ नभएको होइन। पहिला सहज रुपमा राष्ट्र बैंकले ऋण प्रवाह गर्‍यो। अहिले टाइट गर्‍यो। उत्पादन भएन। ठिक हो। तर त्यही कुरा देखाएर समग्र कुरा खराब छ भन्न मिल्दैन’ उनले भने।

निर्माण व्यवसायीले असार मसान्तसम्मको भुक्तानी नपाएको गुनासो गरेका छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई नियमित रुपमा भुक्तानी भएको दाबी गरे। 'यो विषय गलत हो। हामीले असार समान्तसम्म ६०/७० अर्ब भुक्तानी गरेका छौँ। बाँकी ७ अर्बभन्दा छैन। तर यहाँ ६०/७० अर्ब नै तिरेको छैन भन्ने हल्ला हो, उनले भने, 'उहाँहरुसंग बसेर हिसाब गर्दा ७/८ अर्बभन्दा छैन।' दशैँ अगाडि बाँकी रकम सबै तिर्ने उनले बताए।  

उनले गठबन्धन भत्काउनका लागि एमालेले आधार हिन कुरा गरिरहेको उनले बताए। एमाले सरकारमा ओम्नी काण्डजस्ता ठुलठुला काण्ड भएको भन्दै यो सरकारले सुसान कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने