२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ट्रेलरमा यस्तो देखियो ‘परदेशी २’

२०८०, १९ आश्विन शुक्रबार १०:३३

असोज १९, काठमाडौं | दसैँको छेको पारेर असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना दर्साइएको छ । प्रेम, बिछोड, उमंग, द्वन्द्व सबै पक्ष मिृत ट्रेलरमा समेटिएको छ ।

नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीको अभिनय छ । ट्रेलरमा पनि सबै कलाकार अटाएका छन् ।

गायनमा स्थापित सपूतको यो डेब्यु फिल्म हो । दसैँको परिवेशलाई समेत चलचित्रले झल्काउने छ । राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय देख्न सकिन्छ ।

रमेश बिजीको कथा एवं पटकथा, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको नृत्य निर्देशन रहेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका हुन् । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझीको ‘परदेशी २’ तेस्रो फिल्म हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति