२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिगलको आममाफीविरुद्ध अनसन बसेकी भारतीलाई समर्थन गर्न पुगेका ५ जना पक्राउ

२०८०, १९ आश्विन शुक्रबार १२:०८

असोज १९, काठमाडौँ | नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई आममाफी दिएको विरोधमा अनसनरत चेतनकी पत्नी भारती शेर्पालाई समर्थन गर्न पुगेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीको अनसनलाई समर्थन जनाउँदै माइतीघर पुगेका सोम शर्मासहित ५ जनालाई पक्राउ गरेको हो ।

भारतीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आएका शर्माले युट्युबरलाई अन्तवार्ता दिँदै ‘दोषीलाई आममाफी दिने राष्ट्रपतिलाई शीतल निवासबाट निकालेर सडकमा घिसार्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

शर्मासँगै यादव सिंह, उद्धव वस्नेत, जेनीशा बोहरा र अनसन बसेका आषिस मल्ललाई पनि प्रहरीले पक्राउ गरेर सिंहदबार वृत्त लगेको छ । रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल