असोज २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटघाटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।