२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शीर्ष नेताको आग्रहमा रिजाल ब्याक भएपछि एमाले उपत्यका प्रदेश कमिटी सर्वसम्मत

२०८०, २१ आश्विन आईतवार ०६:०४

असोज २१, काठमाडौँ | नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले पार्टी शीर्ष नेतृत्वको आग्रहमा फिर्ता लिएपछि सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिजाललाई यसपटक सर्वसम्मत नेतृत्व चयनका लागि सहयोगी बन्न आग्रह गर्दै उनको व्यवस्थापन हुने आश्वासन दिएपछि प्रेम पराजुली निर्विरोध भएका हुन् ।


पराजुलीलाई पोलिटब्युरो सदस्य तथा पेशागत जिल्ला कमिटी इन्चार्ज सुजिता शाक्यलगायतको जोडबलमा उम्मेदवार बनाइएको थियो ।

महासचिव शंकर पोखरेलले भनेको समेत नमानेर रिजालले उम्मेदवारी कायम राखेपछि उनलाई अध्यक्ष ओलीमार्फत उम्मेदवारी फिर्ता लिन लगाइएको हो । चुनाव हुँदा रिजाल जित्ने अवस्था बनेपछि पराजुलीलाई निर्विरोध गराउन शीर्ष नेतृत्वमार्फत उम्मेदवारी फिर्ता लिन लगाइएको एमाले नेताहरूको भनाइ छ ।

कमिटीको उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल,उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटी संयोजक घनेन्द्रराज श्रेष्ठले बताएका छन् ।

पेशागत जिल्ला कमिटीका बाहेक अन्य सबै सदस्यसमेत निर्विरोध चयन भएका छन् । पेशागतको भने आजै बागबजारस्थित हार्दिक होटलमा चुनाव हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना