२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक

२१ आश्विन २०८०, आईतवार ०७:०२

असोज २१, काठमाडौँ |  इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । 

अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा तीनै जज भक्कानिए । उनीहरु ‘शब्दविहीन’ रहे । त्यसपछि उभिएर सम्मान प्रदान गरे । जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै आफूलाई सम्हाल्न सकेनन् ।


त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौं नि, त्यसलाई अघि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’

अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’

श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैंलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’

तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरे । झापाको हल्दीबारीमा जन्मिएकी मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । साथै अर्को भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि सहभागिता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य