२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विपिन कार्की स्टारर ‘भष्मे डन’को ट्रेलर सार्वजनिक (भिडियो)

२२ आश्विन २०८०, सोमबार ११:२४

असोज २२, काठमाडौँ | विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ । सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको यो फिल्मले भष्मे डन पात्रको कथा पेश गर्छ ।

तीन मिनेट लामो ट्रेलर भष्मे डन पात्रको वरपर घुम्छ । ‘सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख’ भनेर प्रश्न गर्दै निर्देशकले ‘भष्मे डन’ पात्रमार्फत धनभन्दा मानवीय सम्बन्ध महत्वपूर्ण हुने सन्देश दिन चाहेका छन् । ट्रेलरले फिल्मको महत्वपूर्ण अध्यायबारे खुलासा गर्छ ।

साथै, ट्रेलरमा स्वस्तिमा खड्कासँग भष्मेको रोमान्टिक किस्सालाई पनि प्रस्तुत गरिएको छ । ट्रेलरको अन्त्यमा भष्मेले दिवंगत भइसकेको उसको मित्र पशुपतिप्रसादलाई स्मरण गर्छ ।

ट्रेलरमा प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङका चरित्रलाई पनि प्रस्तुत गरिएको छ । सात वर्षपछि पनि यी पात्रको जीवनमा खास ठूलो परिवर्तन छैन । उनीहरु पशुपति क्षेत्रमा बसिरहेका छन् । टुकी आर्ट्सको ब्यानरमा फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्म दशैंको फूलपातीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य