असोज २३, नुवाकोट | रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक सोमबार राती दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिए।
नेसिङबाट ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर मिनिट्रक सडकवाट २ सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए। दुर्घटनामा मृत्यु हुनेमा आमाछोदिङ्मो–२ का ३० वर्षीय फुर्पुछोवाङ तामाङ‚३९ वर्षीया पेमाडोल्मा तामाङ र ३२ वर्षीय अक्कलबहादुर तामाङ रहेको प्रहरीले बताए | दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गाडी ओभरलोड भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको छ।