११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिंहदबारभित्र कटहरियाका मेयर अजय प्रकाश र दीपककुमार दुबेबीच हात हालाहाल

२३ आश्विन २०८०, मंगलवार १०:१७

असोज २३, काठमाडौँ | देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माग गर्दै आउने गर्छन् । यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे ।

सिंहदबारभित्र रहेको नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा कटहरिया नगर प्रमुख प्रकाश र  कटहरिया नगरपालिकाका वडा ५ का स्थानिय दीपक कुमार दुबेबीच प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हातहालाको अवस्था सृजना भयो ।  नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा विवाद हुँदा उनीहरुबीच हातहालको अवस्था सृजना भएको हो ।

सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको  प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हातहालाको अवस्था आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाहिर दुवै पक्षबीच भनाभन सुरु भएको थियो ।

कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिए । दुवैबीचको अडानल  विवाद सुरु भएको हो ।


विवाद चर्किंदै जाँदा हात हालाहालको अवस्थामा मेयरले ज्यान मार्ने गरी दीपक कुमार दुबेको करिब ३० सेकेन्ड जाती घाँटी न्याँक्दा त्यहाँ रहेका व्यक्तिले उनीहरुलाई छुट्याएका थिए ।

यो घटना यतिकैमा रोकिएन । नेपाली कांग्रेस संसदीय दलको चमेना गृहमा फेरि दुवै पक्षबीच  पुनः भनाभन र हात हालाहाल भएपछि सिंहदरबार प्रहरी सुरक्षा गणको प्रहरी निरीक्षक टोलीले दुवै पक्षलाई नियन्त्रण लिई छलफलका लागि लागेका थिए ।

दीपक कुमार दुबेले भने, ‘सिंहदरबारभित्र नै असुरक्षित छ ? प्रमुखज्यूले मेरो ज्यान मार्ने प्रयास सिंहदरबारभित्र नै गर्नु भयो । सिंहदरबार कति सुरक्षित छ ? उहाँसँग रहेका नगरपालिकाका कर्मचारी सुरेन्द यादव र कबिर देवानले मेरो हात समाते र मेयर अजय प्रकासले मेरो घाँटी न्याँक्के । धन्न त्यहाँ अरु पनि थिए र मलाई उद्धार गरे । नत्र त्यहाँ जे पनि हुन्थ्यो । सिंहदरबार कति सुरक्षित छ?’

यता नगरप्रमुख अजय प्रकाशले दीपक कुमार दुबे नगरपालिकाको व्यक्ति नभएको दाबी गर्छन् ।  ‘कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कसलाई लैजाने भन्ने विषयमा उनलाई कुनै मतलब बिषय थिएन । तर, उनी जबरजस्ती आफैं विवाद गर्न आए,’ उनले भने, ‘हो, हामीबीच विवाद चर्किंदै जादा हात हालाहाल भएको । तर, यसको सुरु दुबेले गरे । उनले आफुसंग भएको होलमेटले मलाई आक्रमणको प्रयास गरेपछि मेलै प्रतिवाद गरेको हुँ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै