२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हजुरआमाको हत्या गरी फरार तोयनाथ १९ वर्षपछि पक्राउ, साधु बनेर मन्दिरमा बसेका थिए

२३ आश्विन २०८०, मंगलवार ११:१३

असोज २३, चितवन । चितवन प्रहरीले हजुरआमाको हत्या गरी फरार एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले साधुको भेष गरी लुकेर बसेका भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका कृष्ण भनिने तोयनाथ चापागाइँलाई घटनाको १९ वर्षपछि पक्राउ गरेको हो ।

भरतपुर २८, मेघौली घर भएका चापागाई नवलपुरको वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट भेष बदलेर साधुको रुपमा बसेको अवस्थाबाट पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार २०६१ साल मंसिर १४ गते चापागाइले आफ्नो सौतेनी आमाको आमालाई हत्या गरेका थिए । उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् ।

उनले सुतेको अवस्थामा बाँसको लौरो र ढुंगाले हानेर हजुरआमाको हत्या गरि कानमा लगाएको गहना समेत लुटेर भागेका थिए । प्रहरीले सोही समयमा हजुरआमाको हत्या गर्ने चापागाई नै हुन् भन्ने पहिचान गरे पनि उनी फरार भएकाले घटनाको न्यायिक प्रक्रिया अघि बढेको थिएन ।

डिएसपी पण्डितका अनुसार पक्राउ परेका चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको छ । उनले प्रारम्भिक अनुसन्धानका क्रममा सौतेनी हजुरआमाले आफू र आफ्नी आमाबारे होच्याएर बोल्ने गरेको झोँकमा मादक पदार्थ सेवन गरी हत्या गरेको स्वीकार गरेका डिएसपी पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा