११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राहुल महराको इन्कारी बयान: भेपभित्र सुन रहेको कुरा मिडियामा आएपछि मात्रै थाहा पाएँ

२४ आश्विन २०८०, बुधबार ०७:०६

असोज २४, काठमाडौँ | विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् ।

चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको उनले स्वीकारेका छन्, तर सुन तस्करीमा संलग्नता भने अस्वीकार गरेका छन् । उनले भेपभित्र सुन रहेको कुरा समेत मिडियामा आएपछि मात्रै थाहा पाएको भनेका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले पुरानो चिनजान भएका साथी चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा दर्ता अभियोग पत्रमा समावेश बयानमा उनले भनेका छन्, ‘साथीको भेप त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ, मिल्दैन बुझिदिनुपर्‍यो भनेर अनुरोध गरेकाले मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेर के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ ।

त्यसक्रममा श्रेष्ठले भेप जफत भएको भन्दै भन्सार तिरेर पनि फिर्ता गर्न नमिल्ने बताएको उनले भनेका छन् । उनले भनेका छन्, ‘श्रेष्ठले त्यसबेला लिलामी प्रक्रिया अगाडि बढ्छ भनेर मलाई भनेका थिए, त्यसपछि पनि मलाई दाओजिन वाङले पटकपटक फोन गरेर भेपको के भइरहेको छ बुझिदिनु प¥यो भन्ने गरेका थिए ।’

करिब दूई हप्ता पछाडि भन्सारमा नै गएर बुझिदिनु पर्‍यो भनेरकाले ‘के भएको रहेछ बुझौं न त’ भनेर विमानस्थल जाँदा भन्सार कार्याल्य अगाडि वाङ, उनका सवारी चालक लोकेन्द्र कुमार पौडेल र नचिनेको दूई चिनियाँ नागरिकसँग भेट भएको उनले बताएका छन् ।

त्यसपछि आफू, पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जाने एक व्यक्ति समेत गरेर तीन जना विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा पुगेको उनले बताएका छन् ।

पोखरेललाई पनि जफत भएको भेप के गर्न सकिन्छ भनेर कुराकानी हुँदा श्रेष्ठले जस्तै जवाफ दिएको उनले बताएका छन् । उनले भेपको विषयलाई लिएर कार्यालयमा ६÷७ पटक गएर छुटाउनका लागि दबाब दिने काम नगरेको दाबी गरेका छन् ।

साथै, बुबाले पोखरेललाई फोन गरेर सहयोग गरिदिनु भनेको पनि आफूलाई थाहा नभएको उनले दाबी गरेका छन् ।

१० पुसमा आएको दुई वटा सुटकेशभित्र रहेको विद्युतीय चुरोट भेपभित्र सुन भएको कुरा पनि आफूले मिडियामा पढेपछि मात्रै थाहा पाएको राहुलको बयान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै