२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई दियो तीन सय ५४ रनको लक्ष्य

२०८०, २५ आश्विन बिहीबार ०५:२८

असोज २५, काठमाडौँ | नेपालले एसीसी यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार इरानलाई तीन सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको हो । 

नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेले । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाए । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रेले पनि अर्धशतकीय पाली खेले ।


दीपकले केवल ४४ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ६९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए ।

दीपेश कँडेलले २९ रन बनाए भने सुवाष भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए । नेपालले अतिरिक्त रूपमा पनि २६ रन पाएको थियो । इरानका बलर दादरहमान रइसी र सलमान नियाजमन्दले तीन—तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल