२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

२५ आश्विन २०८०, बिहीबार ०५:४७

असोज २५, काठमाडौँ | उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

उपराष्ट्रपति यादवलाई सुरुमा बान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको थियो । त्यतिबेला उनले मिठाइ खाएकाले फुड प्वाइजन भएको हो कि भनेर शंका गरेर परीक्षण गरिएको थियो । तर पछि एक सय डिग्रीभन्दा बढी ज्वरो आइरहने, टाउको दुखिरहने, छाति दुख्ने र बान्ता पनि बेला–बेला भइरहने भएपछि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको थियो ।

उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ ।

उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ । निजी चिकित्सक लम्सालले अहिले किड्नी फङ्सन टेष्टको रिपोर्ट राम्रो रहेको र बान्ता/ज्वरो दुवै कन्ट्रोल भएको जानकारी दिए ।

तर प्लेटलेट्स घटिरहेकाले केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए । उनले भने, ‘अरु कुरा कन्ट्रोलमा रहे पनि आज बिहानसम्म पनि प्लेटलेट्स घटेकै देखिएकाले एक–दुई दिन अस्पतालमै राखेर हेर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा