२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रपतिले मात्र छानेर रिगललाई माफी दिइएको होइन: महान्यायाधिवक्ता पोखरेल

२०८०, २५ आश्विन बिहीबार ०८:५८

असोज २५, काठमाडौँ | महान्यायाधिवक्ता दिनमणि पोखरेलले गुण्डा नाइके रिगल उर्फ ‘योगराज ढकाल’लाई राष्ट्रपतिले मात्र छानेर आममाफी नदिएको बताएका छन्।रिगलको आममाफीविरुद्ध परेको रिटको सुनुवाइमा महान्यायाधिवक्त पोखरेलले सरकारका तर्फबाट बहस गर्दै राष्ट्रपतिले मात्र छानेर रिगललाई आममाफी नदिएको बताए। 

सर्वोच्चले उक्त मुद्दामा महान्यायाधिवक्तालाई आफैं उपस्थित हुन आदेश दिएको थियो। बहसका क्रममा पोखरेलले भने, ‘राष्ट्रपतिले मात्र छानेर रिगललाई आममाफी दिनुभएको छैन। ६७० जनाले पाएका थिए।’

यस्तै बहसका क्रममा न्यायाधीश कुमार रेग्मीले ‘राष्ट्रपतिले कैद कट्टी गर्ने अधिकार नियमावलीले मात्र दियो कि संविधानमा छ?’ भनेर प्रश्न गरेका छन्। 

यस्तै संविधानको २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने प्रावधानमा राष्ट्रपतिले कुन कानुन अनुसार आममाफी वा कैद कट्टी दिएका हुन् भन्ने प्रश्न पनि सरकार पक्षका बहसकर्तालाई सोधेका थिए। 

न्यायाधीश आनन्दमोहन भट्टराईले कानुनमा माफी वा कैद कट्टीका लागि गृह मन्त्रालयमार्फत् निवेदन दिनुपर्ने देखिएको र रिगलले राष्ट्रपतिकोमा निवेदन दिएका छन्? भन्दै प्रश्न सोधेका थिए। 

जवाफका क्रममा महान्याधिवक्ता पोखरेलले रिगलले राजनीतिक आधारमा माफी नपाएको बताएका छन्। २० वर्ष कैद भएका १२० जनाले माफी पाएकोमा रिगलले पनि सोही अनुसार माफी पाएको बताए। 

उनले भने, ‘रिगलले राजनीतिक आधारमा माफी पाएको होइन। अन्य २० वर्ष कैद भएका १०८ जनाले पनि माफी पाएका छन्। उनीहरुले ४० प्रतिशत कैद भुक्तान गरिसकेका छन्। ६० प्रतिशत छुट दिइएको हो। रिगलको हकमा १३६ नम्बरमा ११ वर्ष ११ महिना पाँच दिन छुट दिइएको हो। उनी आठ वर्ष कैदमा बसेका हुन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल